adv

ज्वानो हाम्रो जीवनमा अमृत समान , तौल घटाउने देखि अन्य अनगिन्ती फाईदाहरु जानिराखौ-

हाम्रो भान्छामा प्रयोग हुने मसलाको रुपमा ज्वानोलाई लिने गर्दछौ । ज्वानोलाई मसला मात्रै हामी सोचेको हुन्छौ होला तर ज्वानो खानु स्वास्थ्यको लागि लाभदायी हुन्छ ।

यसलाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूडमा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरुले पनि यसको झोल खाने गर्दछन । साथै, अन्य ज्वानोको फाईदाहरु के-के छन् त जानिराखौ ।

– पेट दुखाईमा
ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

– सर्दीमा ज्वानो
सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

– दममा ज्वानो
दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

– मधुमेहमा ज्वानो
१ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

– रक्सी छुटाउन
ज्वानो प्रयोग गरेर बनाइएको ”काँढापानी” प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।

 

– हैजामा ज्वानो 

हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

– मृगौलामा हुने पत्थरीमा ज्वानो
ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।

– तौल घटाउन
ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपाईंको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।

– पेट फुल्ने रोग र वायुविकारमा
वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने यि सबै रोगहरूमा धेरै नै लाभ हुन्छ ।

– कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

– नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।

– रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।

– घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।

– शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

– सुत्केरीको प्रिय खाना ज्वानो
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यसलाई खाध्य विशेषजहरुले ”नेगेटिभ कैलोरी फूड” मा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहने हरुले यसको झोल खाने गर्दछन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु