adv

छिट्टो-छिट्टो पिसाब लागिरहन्छ ? रोगको संकेत हुनसक्छ, केहि घरेलु उपचार यसरी गर्नुहोस् –

 

मानिसलाई छिट्टो छिट्टो पिसाब आउनु पनि कुनै न कुनै रोगको संकेत हो । पानी प्रसस्त खादा पनि पिसाव आउछ । तर, तेस्ले केहि असर गरदैन । मधुमेहको संकेत हुदा पनि पिसाव छिट्टो छिट्टो आउने गर्दछ ।

यसका, साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

-कुलथी
अलिकति कुलथीलाई सक्खरसँग बिहान-बिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

-अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

-मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।

-दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

-तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

-मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु