
मानिसको शरीरलाई मासुले राम्रो पटक्कै गर्दैन । नयाँ अनुसन्धानहरुले मासुमा पाइने प्रोटिन स्वास्थ्यको लागि खतरनाक हुने बताउँछ । ”अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसन” मा प्रकाशित एक खोजमा वनस्पति प्रोटिनको
सेवन गर्न भन्दा प्राणीको शरीरमा पाइने (अर्थात मासु तथा डेरी उत्पादनमा पाइने) प्रोटिन सेवनको गर्ने बढी मृत्युको जोखिममा हुने उल्लेख गरिएको छ ।
अधिकतम मासु सेवन गर्नेहरुमा टाइप २ मधुमेह, मटु सम्बन्धि रोग वा क्यान्सर बढी देखिएको छ । जसले आफ्नो प्रोटिनको स्रोत मासु बनाउँछ, अन्यको तुलनामा उ २३% बढी मृत्युको जोखिममा हुन्छ । अनुसन्धानमा मासु र डेरी उत्पादन सेवन गर्ने, र शाकाहारी खाद्यपदार्थ मात्र सेवन गर्नेहरु संलग्न थिए। मांसहारीहरुमा रातो मासु सेवन गर्ने ज्यादा थिए ।
Neu5Gc (N-Glycolyneuraminic acid) केवल जनावरको मासुमा पाइन्छ । यसलाई मानव शरिरले पचाउन सक्दैन। यसले क्यान्सर र मुटुको रोग निम्त्याउन भूमिका खेल्छ । मानव शरिरमा पाइने सबैखाले ट्युमरमा यो एसिड भेटिने गर्छ । यसले उत्पन्न गराउने जलनले ट्युमर बढाउने र आर्टरीहरु कडा पार्ने गर्छ ।
साथै, मासुले फोक्सोमा जलन गराउँछ । साथै केही घण्टामा नै यसले मुटुका भल्भहरु कडा बनाइदिन्छ । मासु खानु अन्तत: मुटु रोग निम्त्याउनु हो ।
४० प्रकारका मासु परिक्षण गर्दा यसले शरिरमा ब्याक्टेरियाको सङ्ख्या बढाउने देखिएको छ । मासु खाएको केही घण्टामा नै रगतमा ब्याक्टेरियाको सङ्ख्या अधिक बढ्छ। यस्ता ब्याक्टेरियाहरु चर्को आगोमा पकाएका मासुमा पनि भेटियो । यी व्याक्टेरिया लामो समयसम्म बाँच्न सक्ने र शरिरका उत्पन्न हुने पाचनरसले समेत मार्न सक्दैन् । साथै, मासुमा पाइने यी रसायनहरुले मानसिक जलन गराउने देखिन्छ ।

