मुम्बई ।। भारतको लोकसभा निर्वाचनमा बलिउडका धेरैभन्दा धेरै स्टारका छोराछोरीले पहिलो पल्ट भोट हाल्दै छन् । बलिउड चलचित्र ”कलंक” की नायिका आलिया भोट हाल्न पाउने छैनिन् । इन्डिया टुडेसँग गरिएको एक अन्तर्वार्तामा आलियालाई यो प्रश्न सोधिएको थियो ।

नायिका भट्टले भनिन- ”म भोट हाल्न पाउँदिन, यसको कारण पासपोर्ट हो ।” आलिया भारतीय मूलकी बेलायती नागरिक हुन् । पछिल्लो लोकसभा चुनावको बेलामा पनि आलियालाई यस्तै प्रश्न गरिएको थियो । त्यतिबेला उनले दोहोरो नागरिकताको बारेमा कुरा गरेकी थिइन् ।
दोहोरो नागरिकता दिने प्रावधान भारतमा अहिलेसम्म बनिसकेको छैन । आलियासँग अहिले बेलायतको नागरिकता छ । आलियाकी आमा सोनी बेलायती नागरिक हुन् ।आलिया हिजोआज चलचित्र ”कलंक” को प्रमोशनमा व्यस्त छिन् । यसपछि उनी अमिताभ बच्चन र रणवीर कपूरसँग ”ब्रम्हअस्त्र” मा देखिदैछिन् ।

