adv

ईश धर्मको निन्दा गरेको आरोप लागेकी आसिया बिबीले पाकिस्तान छोडिन्

पाकिस्तानमा धर्मको निन्दा गरेको आरोपमा सात वर्ष जेल बिताएकी इसाई धर्माबलम्बी महिला आसिया बिबीले देश छाडेकी छिन् ।

गएको वर्ष त्यहाँको सर्वोच्च अदालतले आसिया बिबीलाई तोकिएको मृत्युदण्डको सजाय उल्टाइ दिएको थियो । धर्म तथा ईश्वर निन्दाको आरोपमा मृत्युदण्डको सजाय तोकिने उनी पाकिस्तानको पहिलो महिला थिइन् ।

 

आसिया बिबीका वकिलका अनुसार उनी क्यानडा पुगेकी छिन् । छिमेकीसँगको भनाभनका क्रममा इस्लाम धर्मगुरु पैगम्बर मुहम्मदको अपमान गरेको आरोपमा सन् २०१० मा आसियालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय तोकिएको थियो ।

 

सर्वोच्च अदालतले आसियाबारेको फैसला उल्टाएपछि पाकिस्तानमा विरोध प्रदर्शन समेत भएको थियो । पाकिस्तानको यो कदमलाई अन्तर्राष्ट्रिय समुदायले समेत एउटा निश्चित धर्मप्रति असहिष्णु भएको भन्दै आलोचना गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु