adv

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

दमक, २५ कर्तिक ।


उदाउँदै गरेको सूर्यलाई बिहीबार बिहान अर्घ दिएपछि कार्तिक षष्ठी तिथिमा मनाइने छठ पर्व सकिएको छ ।

यसअघि बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका व्रतालुहरूले आज बिहीबार बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ दिएसँगै व्रत समाप्त गरेका हुन् ।

तराई मधेसमा अत्यन्त आस्था र महत्त्वका साथ मनाइने धार्मिक अनुष्ठान छठ पर्वमा सूर्यलाई पूजा गरिन्छ ।

षष्ठी तिथिमा नदी तटहरुमा गएर स्नान गर्ने तथा अस्ताउँदो सूर्यलाई अर्घ दिएर निराहार व्रत बस्ने व्रतालुहरुले सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुन्छ । छठ पर्व बारे विभिन्न हिन्दु धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।

छठ पर्वमा लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पारिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै पात सहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखुलगायतका फुलफूल पनि सूर्य भगवान र छठी चढाइने गरिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु