adv

आज १५औं गणतन्त्र दिवस

जेठ १५, दमक ।


आज जेठ १५ गते, गणतन्त्र दिवस । सार्वभौम नेपालको राजकीय सत्ता र राज्य शक्ति नेपाली जनतामा निहित भएको दिन । अर्थात नेपाली जनताले जितेको दिन ।

निरंकुश एकात्मक शाहवंशीय परिवारवादी राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिन ।

पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते नेपाललाई २४० वर्षे निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरिएको हो ।

नेपाली जताको त्याग, बलिदानी, संघर्ष र आन्दोलनबाट प्राप्त गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

१० वर्षै माओवादी सशस्त्र विद्रोह र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको जगमा २०६४ चैत २८ गते पहिलो पटक संविधानसभाको निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले राजसंस्थाको विधिवत् अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापित गर्यो ।

त्यसैगरी २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी गर्यो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पुनः संरचनाका लागि मुलुकमा एउटा संघीय सरकार, सात प्रदेश रहेको संघीय इकाइहरु निर्माण भए भने स्थानीय तहमा ७५३ पालिका सरकार रहने व्यवस्था गरियो ।

संविधानको पूर्ण कार्यान्वयनका लागि नेपालमा २०७४ सालमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा (संघीइ संसद्) को निर्वाचन सम्पन्न भई मुलुकमा पहिलो पटक तीन तहको सरकारको अभ्यास प्रारम्भ भयो भने संवैधानिक व्यवस्था अनुसार नै आवधिक निर्वाचनको अनिवार्यतालाई पालना गर्दै २०७९ बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न भए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु