adv

म नै उत्कृष्ट, मैले नै जित्नु पथ्र्यो भन्ने नबुझिदिनु होला

लोकतन्त्रको एउटा सुन्दर पक्ष हो निर्वाचन प्रणाली जुन हजारौं शहिदहरुले विरगति प्राप्त गरेर ल्याएको एउटा ऐतिहासिक उपलब्धी हो । संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना पछिको दोस्रो स्थानिय तहको निर्वाचन २०७९, बैशाख ३० गतेको निर्वाचनलाई नजिकबाट नियालेर प्रथम पटक स्वयम् आफैले सहभागि हुने अवसर प्राप्त गरियो । सायद, त्यसैले होला निर्वाचन प्रणालीमा भोट लगाउने र भोट माग्ने प्रक्रिया निकै कठिन र संवेदनशिल हुने रहेछ । तथापि, जिवनकै एउटा ऐतिहासिक कालखण्ड साथै सुनौलो अवसरको रुपमा यस निर्वाचनलाई मैले गहिरीएर विश्लेषण गरे ।

झण्डै एक दशकको विद्यार्थी राजनितिकको यात्रामा भोगेको २०७३ साल फागुन १८ गतेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई झट्ट सम्झीए विद्यार्थी राजनितिको क्रममा भाग लिएको त्यो स्ववियू निर्वाचन र हालै सम्पनन भएको स्थानिय तहको निर्वाचनलाई तुलनात्मक रुपबाट विश्लेष्ण गर्दै २ निर्वाचनबाट जिवनमा आएका परिवर्तन साथै विद्यार्थी राजनीति र स्थानीय तहको निर्वाचन मा धेरै फराकिलो मत मतान्तर रहेको महशुस गरें ।

समाजमा ति ठूला शक्ति अर्थात् पार्टीहरुले जकडिएर राखेका ति मतदाताहरुको मानसिकतालाई कति बन्धक बनाएका हुँदो रहेछन्, त्यसलाई पनि नजिकबाट आफैले नियाल्ने अवसर पनि प्राप्त गरियो । स्वतन्त्र मतदाताहरु कमै मात्रामा पाएँ । अझै पनि हाम्रो समाजमा एउटा विकराल स्थिति यथावत नै रहेछ । जसले समाजलाई एउटा साँघुरो दिशातर्फ लैजान सक्छ कि भन्ने चिन्ता पनि लाग्छ, जस्को कारक तत्व व्यक्तिको योजना, क्षमता, दुरदर्शिता साथै विश्व जगत नै परिवर्तन साथै उत्तरआधुनिकता तर्फ मोडिदै गर्दा पनि हाम्रो समाजका कैयौं नागरिकहरुको सोचाइ व्यक्तिलाई चुन्ने भन्दा पनि पार्टिलाई नै रोज्ने प्रवृत्तिले गर्दा पक्कै पनि समाजलाई नै पो दृर्घटना तर्फ लान्छ कि भन्ने एउटा मुख्य समस्या साथै चिन्ता पनि लाग्ने गर्दछ । जस्को अर्थ “म” नै सबैभन्दा उत्कृष्ट उम्मेद्वारी हो, मैले नै जित्नु पथ्र्यो भन्ने नबुझिदिनु होला । म प्रत्येक घरमा, चौतारामा, बाटोमा पुगेर आफ्ना विचारहरु राख्दै गर्दा आज समाजमा आफुलाई अब्बल दर्जामा राख्ने साथीहरु जो हामी सबैभन्दा शिक्षित बर्गका हौं, भन्ने साथीहरु जसले व्यवहारिक पक्षमा मात्र नभएर सैद्धान्तिक पक्षलाई पनि समातेर वढि तर्क र बहश गर्ने ति साथीहरुबाट नै यि र यस्ता खाले अभिव्यक्तिहरु प्रस्तुत गर्दा कता कता दुःख पनि लाग्दो रहेछ ।

चुनाव ताका युवा रोजगारका, खेलकुदका कुरा गर्ने प्रतिनिधी तथा राजनैतिक दलका साथीहरु, चुनाव जितेर गै सके पछि त्यहि युवावर्गहरुलाई वहिस्कार गरेर अघि बढ्ने प्रवृत्तिले आज आम युवा माझ राजनीति प्रतिको बढि नकरात्मक विचलन आएको देखिन्छ भने राजनीतिक दल साथै नेताहरुप्रति खराव दृष्टिकोणले हेर्ने गरेको पाइन्छ साथै राजनीतिलाई संकुचित अर्थबाट परिभाषा दिएको पाईन्छ ।

हाम्रै समाज भित्र आजका आम युवावर्गहरु कुलतमा फसिरहेको अवस्था हामीले देखिरहेका छौ । शिक्षित युवावर्गहरु आफुले भने जस्तो वातावरण नभएकै कारण असन्तुष्त पोख्दै विदेशतिर पलायन हुँदै गएको तितो यथार्थ यथावत नै छ । कृषि क्षेत्र पशु व्यवसाय साथै अन्य क्षेत्रमा केहि गर्न खोजिरहेको ति पुस्ताहरु आज राजनीति र विचौलिया कै कारण निराशातर्फ मोडिएको त्यो विकराल परिस्थितिले गर्दा भोलिको हाम्रो समाज र देशले कस्तो दिशा समाउला भन्ने आजको गम्भिर विषय बनेको छ । यी र यस्ता समस्याहरु अझसम्म पनि समाधान हुन नसक्नु र सरकारप्रतिको अविश्वास बढ्नुले गर्दा यि सम्पूर्ण पक्षको जिम्मेवारी राजनीतिक दल र नेताहरुले नै लिनु पर्दछ भन्ने मैले महशुस गरेको छु ।

प्राकृतिक सुन्दरताले भरिएको हाम्रो भुगोल कृषि क्षेत्रको एउटा अब्बल क्षेत्र पर्यटन साथै विभिन्न जातजाति, धर्म, संस्कार, संस्कृति, रहनसहनले सु–सज्जीत हाम्रो मुलुक सम्पूर्ण कुराहरुले भरिएको एउटा सुन्दर टुक्रा चुलाचुली गाउँपालिका पनि आफैमा एउटा सुन्दर भुगोल हो । यहाँ भित्र थुप्रै सम्भावनाहरु छन्, अवसरहरु छन् तर त्यसलाई जरा गाडेर बसेका थुप्रै चुनौतीहरु समस्याहरु बाँकी नै छन् । तिनै चुनौतीहरुको सामना गर्दै अबका दिनहरुमा अघि बढ्न सके चुलाचुलीको विकासले एउटा नयाँ यात्राको सुरुवात पक्कै पनि गर्नेछ । भौतिक संरचनालाई मात्र मध्यनजर नगरी यहाँ भित्रका अन्य पक्षहरुलाई पनी उत्तिकै समेटेर लैजान सके सकारात्मक समाज निर्माण गर्नका साथै समृद्धीको त्यो उचाईमा पुग्न ढिला हुनेछैन भन्ने स्वयम् आफैले अध्ययन गर्दै महशुस पनि गरेको छु ।

अवका युवा वर्गहरु पार्टीका झण्डा र डण्डा समाएर नेताको पछि लाग्ने मात्र नभएर यस समाजका हरेक समस्याहरुलाई आत्मसाथ गर्दै सम्पूर्ण जिम्मेवारीहर काधँमा राखेर हिँड्न पनि सक्षम भएका छन् । भन्ने एउटा उदाहरणका निम्ति पनि आम युवाहरुको प्रतिनिधित्व गर्दै यस स्थानिय तहको निर्वाचनमा होमिने अवसर प्राप्त गरियो । यसका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपबाट सहयोग गर्नुहुने सम्पूर्ण वडाबासिहरुमा, अभिभावकज्यूहरु, शुभचिन्तक, देशतथा विदेशमा रहेर सल्लाह सुझाव दिनुहुने अग्रज ज्यूहरु, पार्टीका सहयात्री साथीहरु लगायत नेतागणहरुमा मेरो व्यक्तिगत साथै सम्पूर्ण वडा प्रतिनिधिको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं, अझै पनि यो समाजलाई एउटा सुनौलो र फराकिलो यात्रातर्फ दोहो¥याउनका निम्ति सदैब आम वडाबासीहरु समक्ष रहेर सदैव काम गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछु ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु