कातिक १९, माङसेबुङ ।
एस.एफ.सी इलाम इलामको माङसेबुङमा जारि प्रथम अठासी गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
माङ्सेबुङ ५ मझुवास्थित निङबोदेन खेल मैदानमा शनिबार भएको खेलमा युनाइटेड सिम्ले कमल गा.पा. झापालाई २–१ गोल अन्तरले पराजित गर्दै एस.एफ.सी इलाम क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
एस.एफ.सीको जितका लागि रोसेश साम्बा र असेश साम्बाले एक एक गोल गरेका थिए । एस.एफ.सीले खेलको छैटौं मिनेटमा रशेसको गोलमा सुरुवाती अग्रता लिएका थिए । यस्तै खेलको २६ औ मिनेटमा असेशको गोलमा अग्रता दोव्वर बनाएका थिए ।
खेलको दोस्रो हाफको चौंथो मिनेटमा युनाइटेड सिम्लेले सान्तावना गोल फर्काका थिए ।
यसैगरि आज भएको दोस्रो खेलमा योङ्ग बोइज झापालाई ट्राइबेकरमा पराजित गर्दै चियाबारी एफ.सी माई ३, इलाम क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेसिछ खेल गोलरहित बराबरी रोकिएपछि नतिजा ट्राइब्रेकरमा पुगेको थियोे ।
ट्राइब्रेकरमा योङग बोइजलाई ५–४ गोल अन्तरले पराजित गर्दै चियाबारी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
किरात धर्म दर्शनका महागुरू फाल्गुनन्द लिङ्देनको १३८ औं जन्मजयन्तीको अवसरमा अवसरमा आयोजित प्रतियोगिताको आज आइतबार हुने पहिलो खेलमा लक्ष्मीडाट स्पोर्टिङक्लव अर्जुनधारा झापा र आयोजक रातोबीच प्रतिस्पर्धा हुदैंछ ।
यस्तै दोस्रो खेलमा अठासी ११ सेतो र युनाइटेड एफ.सी. इलाम बीच प्रतिस्पर्धा हुदैंछ ।
इलाम र झापा गरि १२ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ मा चित्त बुझाउनु पर्नेछ ।
प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन् भने सबै खेलका मेन अफ द म्याच हुने खेलाडीलाई नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
लालीगुँरास युवा क्लवका अध्यक्ष गजेन्द्र योङ्हाङले प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीgarको प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
अनुमानित ९ लाख खर्च हुने प्रतियोगिता अन्तरगत फाईनल खेल कातिक २५ गते हुनेछ ।


