adv

माल्दिभ्सलाई हराउदै श्रीलंकाको सुखद सुरुवात

कात्तिक २, काठमाडौं । श्रीलंकाले साफ महिला च्याम्पियनसिपको दोस्रो दिनको खेलमा विजयी हुदै सुखद सुरुआत गरेको छ ।

शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह (बी)को पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो।पहिलो हाफको १८औं मिनेटमा इमिशा अनुराधिनीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

समुह चरणको खेलमा नेपालले भुटान सँग आज नै खेल्दैछ भने २१ अक्टोबरमा भुटानले श्रीलंकाको सामना गर्नेछ भने सोहि मितिमामाल्दिभ्स र नेपाल बिचको खेल हुनेछ ।

त्यसैगरी नेपालले आफ्नो समूह चरणको अन्तिम खेल श्रीलंका विरुद्ध २४ अक्टोबरमा खेल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु