adv

सुनको भाउमा नयाँ रेकर्ड

 

कात्तिक ७, काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार भन्दा आज सुनकोमूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।

मंगलाबार प्रतितोला १,६५,९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर १६६७०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २१३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु