adv

माङसेबुङमा १७औं आत्मानन्द गोल्डकप मंसिर ९ देखि हुने


सजन
राई, माडसेबुङ इलामको माङसेबुङमा १७औं आत्मानन्द कप मंसिर देखि हुने भएको । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता आत्मानन्द गोल्ड कप२०८१हुने भएको हो

प्रतियोगिता माङसेबुङ गाउँपालिका स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा सञ्चालन हुने बिहीवार पत्रकार सम्मेलनमा आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मन कुमार आङबुहाङले प्रतियोगिता २०८१ मंसिर देखि २० गतेसम्म सञ्चालन हुने जानकारी दिए । 

प्रतियोगितामा नेपाल भारतका गरी वटा टिमको सहभागिता रहने जस्मा दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, तिजोक युवा क्लब पाँचथर, माङसेबुङ गाउँपालिका इलाम, आयोजक भारतबाट एमएफसि दार्जिलिङले सहभागी रहने छन्

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपरले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेत हुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु