adv

प्रथम सेवा सेवारो फुटसलको उपाधि एमपिसिलाई

 

दर्शन राई, कात्तिक १६ – माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालित प्रथम सेवा सेवारो फुटसल प्रतियोगिताको उपाधि एमपिसिले चुमेको छ ।

शुक्रबार माङसेबुङ ३ स्थित दुर्गा माविको खेल मैदानमा भएको फाइनल खेलमा चिभुवा एफसिलाई ४ का विरुध्द ६ गोल गर्दै एमपिसि च्याम्पियन बनेको हो ।

एमपिसिको लागि जसहाङ लिम्बूले ४ गोल गर्दा सिकुम लिम्बू र रोनिस राईले एक एक गोलको योगदान गरे ।

चिभुवाको तर्फबाट आइन्द्र लिम्बू र समिन लिम्बूले एक एक गोल गर्दा पुकार लिम्बूले २ गोल गरेका थिए ।

शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा एमपिसिले नाचुहाङ एफसिलाई ८–१ गोल अन्तरले हराउदै फाइनल पुगेको थियो भने चिभुवाले माङसेबुङ युथलाई ६–४ को गोलले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो ।

विजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । 

त्यसै गरी व्यक्तिगत विधातर्फ बेष्ट प्लेयरको उपाधि चिभुवाका पुकार लिम्बूले हात पार्दा अन्य विधामा एपिसिका जसहाङ लिम्बू हाइस्कोर, पुष्पहाङ लिम्बू बेष्ट गोलकिपर विशाल लिम्बू उदीयमान खेलाडी घोषित भए ।

विजेताहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथि माङसेबुङ ३ वडा अध्यक्ष जनम खम्बू, विशिष्ट अतिथि सेवा सेवारो टोल विकास संस्थाकी अध्यक्ष जसुमाया तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कात्तिक १४ देखि सुरु भएको प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु