adv

आत्मानन्द गोल्ड कपको उद्घाटन खेलमा सिरिजङ्गा मोरङ विजयी

 

मंसिर ९, माङसेबुङ इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता आत्मानन्द गोल्ड कप २०८१ को उद्घाटन खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ विजयी भएको

आइतबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगितामा माङसेबुङ गाउँपालिकालाई टाईब्रेकरमा गोल अन्तरले पराजित गर्दै सिरिजङ्गा सेमिफाइनल पुग्न सफल भएको हो

प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकर तर्फ धकेलिएको थियो

टाईब्रेकरमा सिरिजङ्गाका आशिस लावती, रोशन धिमाल, धिरेन क्षेत्री साउरे राउतले गोल गर्दा सुजन रसाइलीको प्रहार माङसेबुङका गोलरक्षक आयुष योङहाङले विफल बनाइदिए त्यसैगरी माङसेबुङका बिशाल दर्जी, प्रविण राई निर्मल राई गोल गर्न सफल हुँदा रेजिन माझीको प्रहार बाहिरिएको थियो भने मिलन राईको प्रहार मोरङका गोलरक्षक प्रमिजर गच्छदारले रोकेका थिए प्रमिजर खेलको मेन अफ दी म्याच घोषित भए

भोलि सोमबार आयोजक दमक भाङबारी स्पोर्टिङ क्लब झापाबिच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा माङसेबुङ र सिरिजङ्गा सहित दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, तिजोक युवा क्लबपाँचथर, आयोजक टिम भारतबाट एमएफसि दार्जिलिङको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालन हुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

पत्रकार र शिक्षक कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा शिक्षक विजयी 

गोल्ड कपको उद्घाटन खेल अघि भएको पत्रकार र शिक्षक तथा शैक्षिक कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा शिक्षक टिमले १-० को विजयी हासिल गरेको छ ।

पहिलो हाफको ५औं मिनेटमा सरतजङहाङ राईको पासमा मचिन्द्र योङहाङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल १-० गोल अन्तरमा सकिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु