adv

आत्मानन्द गोल्डकप- आयोजकलाई हराउँदै दमक भाङबारी सेमिफाइनल प्रवेश

 

मंसिर १०, माङसेबुङ दमक भाङबारी स्पोर्टिङ क्लब झापा आत्मानन्द गोल्ड कप २०८१ को सेमिफानल प्रवेश गरेको इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक युथ अफ माङसेबुङलाई को फराकिलो गोल अन्तरले पराजित गर्दै दमकले सहज जित निकालेको थियो

सोमबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगिताको पहिलो हाफको १०औं मिनेटमा सौरभ लिम्बूको चलाखीपूर्ण पासलाई पेमा तामाङले उत्कृष्ट गोल गर्दै दमकलाई अग्रता दिलाएका थिए

दोस्रो हाफको १०औं मिनेटमा आयोजकका आसाङ लिम्बूले गोल गर्दै खेल बराबरी बनाए

राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको दमकले खेलको अन्तिम समयमा राष्ट्रिय खेलाडी देवेन्द्र तामाङको गोलबाट अग्रता बढायो खेलको अतिरिक्त समयमा रोहन भूजेल गिल्सन कन्दङवाले गोल गर्दै दमकको जित पक्का गरे

खेलको मेन अफ दी म्याच देवेन्द्र तामाङ घोषित भए उनले नगद पाँच हजार ७१ रुपैयाँ सहित ट्रफि प्राप्त गरे

भोलि मंगलबार दुधे युथ क्लब झापा चुलाचुली स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिकाअध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुमअङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा माङसेबुङ सिरिजङ्गा सहित दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, तिजोक युवा क्लबपाँचथर, आयोजक टिम भारतबाट एमएफसि दार्जिलिङको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालनहुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमानखेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु