adv

आत्मानन्द गोल्डकप- दुधे युथ क्लब बन्यो सेमिफाइनल पुग्ने तेस्रो टोली

 

मंसिर ११, माङसेबुङ दुधे युथ क्लब झापा आत्मानन्द गोल्ड कप २०८१ को सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा चुलाचुली स्पोर्टिङ क्लब झापालाई टाईब्रेकरमा को गोल अन्तरले पराजित गर्दै दुधेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो

मंगलबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगिताको निर्धारित समयमा गोलको बराबरी पछि खेल टाईब्रेकरमा पुगेको थियो

खेलको २२औं मिनेटमा दुधेका प्रदिप बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए पहिलो हाफको अन्तिम समयमा अमन लामाको ह्याण्ड बलमा चुलाचुलीले पेनाल्टि पायो जस्लाई कप्तान तिर्थ बस्नेतले सदुपयोग गर्दै बराबरी बनाए

टाईब्रेकरबाट नतिजा निर्धारण गरिएको खेलमा दुधेका विशाल तामाङ, प्रदिप बुढाथोकी, टेकेन मगर सञ्जोक मगर गोल गर्न सफल भए त्यस्तै चुलाचुलीका सञ्जय लिम्बू पुजन चौधरीले गोल गर्दा समिर तामाङ सुजन चौधरीको प्रहार दुधेका गोल किपर सन्दिप लिम्बूले विफल बनाइदिए

दुई पेनाल्टि प्रहार रोकेका सन्दिप म्यान अफ म्याच घोषित भए

भोलि बुधबार पहिलो चरणको अन्तिम खेलमा साबिक विजेता तिजोक युवा क्लब पाँचथर एमएफसि दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा दुधे र चुलाचुली सहित माङसेबुङ गाउँपालिका इलाम, सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, तिजोक युवा क्लब पाँचथर, आयोजक टिम भारतबाट एमएफसि दार्जिलिङको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालन हुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु