adv

आत्मानन्द गोल्डकप- भारतको एमएफसिलाई टाइब्रेकरमा हराउदै तिजोक अन्तिम चारमा

 

मंसिर १२, माङसेबुङ साबिक विजेता तिजोक युवा क्लब पाँचथर आत्मानन्द गोल्ड कप २०८१ को सेमिफाइनल पुगेको इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा एमएफसी दार्जिलिङ भारतलाई टाईब्रेकरमा को गोल अन्तरले पराजित गर्दै तिजोकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो

बुधबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको प्रतियोगिताको निर्धारित समयमा गोल रहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो

टाईब्रेकरमा तिजोक जितमा रोशन आङदेम्बे, बिनोद धमला, मिराक खजुम, जमिन लक्सम निरज लिङदेनले गोल गरे बेगम गुरुङको प्रहार भने दार्जिलिङका गोलरक्षक सचिन सुब्बाले बचाएका थिए यस्तै दार्जिलिङका शरद मुन्डा, रोमन भुजेल, समिर प्रधान देवासिङ रोयले गोल गरे श्याम मुर्मु मौसम सुब्बाको प्रहार तिजोक पाँचथरका गोलरक्षक मिराक खजुमले बचाएका थिए

खेलको मेन अफ म्याच तिजोकका गोलरक्षक मिराक खजुम घोषित भए उनले ट्रफी सहित नगद हजार ७१ रुपैयाँ हात पारे

निर्धारित समयको खेलमा बराबरी खेलेको उपाधि दाबेदार मानिएको दुवै टोलीले दास्रो हाफमा भने आक्रमक खेल खेलेका थिए खेलको ५७औं मिनेटमा सुजन लिम्बूले गोल गर्दै पाहुना टोली दार्जिलिङलाई अग्रता दिलाएका थिए तर, त्यसको दूई मिनेटपछि ५९औं मिनेटमा रितिक आङदेम्बेले गोल गर्दै पाँचथरलाई बराबरीमा फर्काए

भोलि बिहीबार सेमिफाइनलको पहिलो खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ दुधे युथ क्लब झापाबीच प्रतिस्पर्धा हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा तिजोक र एमएफसि सहित माङसेबुङ गाउँपालिका इलाम, सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ, दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लबझापा, दमक भाङबारी स्पोर्टिङ क्लब झापा आयोजक टिमको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालन हुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमानखेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु