adv

आत्मानन्द गोल्डकप- सिरिजङ्गा मोरङलाई हराउदै दुधे युथ फाइनल प्रवेश

 

मंसिर १३, माङसेबुङ झापाको दुधे युथ क्लब आत्मानन्द गोल्ड कप २०८१ को फाइनल पुगेको इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको पाँचौ दिनको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङलाई शून्यका विरुद्ध दुई गोलले हराउदै दुधे उपाधि नजिक पुगेको हो

बिहीबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा भने दुधेले दुई गोल गर्यो

खेलको ४३औं मिनेटमा दुधेले राजेश दाहालको गोलमा अग्रता बनाए त्यसपछि खेलको ५७औं मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनायो

खेलको मेन अफ म्याच दुधेका निकेश श्रेष्ठ घोषित भए उनले नगद पाँच हजार ७१ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र हात पारे

भोलि शुक्रबार दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापा साबिक विजेता तिजोक युवा क्लब पाँचथरबीच हुनेआयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुमअङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा दुधे सिरिजङ्गा सहित माङसेबुङ गाउँपालिका इलाम, चुलाचुली स्पोर्टिङ क्लब झापा, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, चुलाचुली स्पोर्टिङ झापा, आयोजक भारतको एमएफसी दार्जिलिङको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालन हुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमानखेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु