adv

आत्मानन्द गोल्डकपको उपाधि दुधे युथ क्लब झापालाई

 

मंसिर १७, माङसेबुङ इलामको माङसेबुङमा सञ्चालन भएको आत्मानन्द गोल्डकप २०८१ को उपाधि दुधे युथ क्लब झापाले चुमेको 

जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा साविक विजेता तिजोक युवा क्लब पाँचथरलाई को गोल अन्तरले हराउदै दुधेले उपाधि कब्जा गरेको हो

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २६औं मिनेटमा निकेश श्रेष्ठले गोल गर्दै दुधे झापालाई अग्रता दिलाए उनले फ्रिकिक मार्फत गोल गरेका थिए त्यसपछि दोस्रो हाफको खेलमा ४६औं मिनेटमा निरज लिङदेनले गोल गर्दै तिजोक पाँचथरलाई बराबरीमा फर्काए
तर, खेलको ५५औं मिनेटमा दुधेका मनिस लिम्बूले गोल गर्दै दुधेलाई को अग्रता दिलाए त्यसपछि खेलको ६२ औं मिनेटमा राजेश दाहालले गोल गर्दै दुधेको जित सुनिश्चित गरे

पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङलाई गोल अन्तरले हराउदै दुधे फाइनल प्रवेश गरेको थियो यसैगरी दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई गोलले हराउदै तिजोक उपाधि नजिक पुगेको हो तिजोक गत संस्करणको विजेता हो

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा तिजोक दुधेसहित माङसेबुङ गाउँपालिका इलाम, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजङ्गा स्पोर्टिङ क्लबमोरङ, आयोजक भारतको एमएफसी दार्जिलिङको सहभागीता रहेको थियो

मंसिर बाट सुरु भएको प्रतियोगिताको विजेता दुधेले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र हात पारे भने उपविजेता बनेको तिजोकले नगद दुई लाख पाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्रमा चित्त बुझाए

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु