adv

प्रधानमन्त्रीद्वारा दमकमा बिजिनेस कम्प्लेक्स उद्घाटन

 

मंसिर २४, दमक प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका वडा नम्बर दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन्

प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा बोल्दै यो परियोजना नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको साथैयो निर्माणले रोजगारी पर्यटन वृद्धि हुने समेत बताए

विश्वका धेरै मुलुकमा पनि आर्थिक स्रोत पहिचानको लागि यस्ता अग्ला भवन बनेको भन्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गरे

दमक भ्यू टावरको नामले परिचित यस टावरको नाम पछिल्लो समयमा बिजिनेस कम्प्लेक्स राखिएको हो टावरले समग्र कोशी प्रदेशलाई घरेलु विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए उनले भने यो परिसर केवल एक टावर भवन मात्र होइन, यो हाम्रो दमकलाई, झापा जिल्लालाई समग्र कोशी प्रदेशलाई घरेलु विदेशी पर्यटकहरूको लागि प्रमुख पर्यटक गन्तव्यको रूपमा विकास गर्ने हाम्रो दृष्टिकोणको आधार पनि हो

मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा रहेको उक्त १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको हो चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको

उद्घाटनमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायत सहभागी थिए ।

यस दमक व्यापारिक कम्लेक्समा व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, कर्पोरेट कार्यक्रम एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको सहरी विकास मन्त्रालयले जानकारी दिएको

यो टावर परिसरलाई पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैंचा, बालबालिका खेल क्षेत्र वनस्पति बगैचामा छुट्टयाइएको

१५,६११ वर्ग मिटरमा फैलिएको दमक व्यापारिक कम्प्लेक्समा बेसमेन्ट, ग्राउन्ड फ्लोर सहित १८ तल्लाहरू छन्

मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनाइएको उक्त कम्प्लेक्स चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावरको रुपमा हेर्ने गरिन्छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु