adv

दोस्रो पाथीभरा याङवरक ब्याडमिन्टन प्रतियोगिताको उपाधि जुनुन र निरजको जोडिलाई

चैत , ताप्लेजुङ दोस्रो पाथीभरा याङवरक प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका जुनुन राई निरज सिलवालको जोडीले जितेको चैत देखि गते सम्म सञ्चालित प्रतियोगिता पाथीभरा याङवरक थेचम्बु ताप्लेजुङमा रहेको पाथीभरा ब्याडमिन्टन हलमा आयोजना भएको थियो

पालिकाको आयोजनामा भएको फाइनल खेलमा मोरङका  लाक्पा शेर्पा ज्योतिहाङ राईको जोडीलाई २४२२, १९२१ २११७ को सेटमा पराजित गर्दै जुनुन निरज च्याम्पियन बनेको हो

उपाधि विजेताले नगद ४० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र हात पारे भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे

यसका साथै सोही अवसरमा प्रदेश स्तरीय भेट्रान्स डबल प्रतियोगिता भएको थियो अन्य इभेन्ट्सहरुमा ताप्लेजुङ जिल्ला स्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स, मेन्स डबल जुनियर जनप्रतिनिधि डबलका खेलहरु भएको थियो यसैगरी मेन्स डबल जुनियर(सि) भने पाथीभरा याङवरक गाउँपालिका स्तरीय भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु