adv

प्रथम तरुण दल गोल्डकप- देनपा र माङसेबुङको जितसँगै सेमिफाइनल समीकरण पुरा

चैत २१, माङसेबुङ प्रथम तरुण दल गोल्ड कप २०८१ मा तरुण दल देउमाई नगरपालिका माङसेबुङ विजयी भएसँगै सेमिफाइनल समीकरण पुरा भएको

माङसेबुङ चतुरेमा बजारमा रहेको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा देनपाले पावा एफसिलाई गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको

त्यसै दोस्रो खेलमा माङसेबुङ ले प्रयास युवा क्लब चिभुवालाई शुन्यका विरुद्ध चार गोल गर्दै सेमिफाइनल पुगेको

शुक्रबार हुने पहिलो सेमिफाइनल खेल माङसेबुङ चुलाचुली एफसि बिच हुनेछ भने दोस्रो नेपाल तरुण दल देनपा मान्द्रे एफसिबिच हुनेछ

चैत १८ देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

व्यक्तिगत विधातर्फ भने म्यान अफ म्याच सहित प्लेयर अफ टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु