गोविन ल्वागुन, शिवसताक्षी । शिवसताक्षी मेयर कप २०८१ आजबाट शुरु भएको छ । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिका झापाका प्रमुख मेगाहाङ थोप्राले गरेका थिए ।
राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्य सहित सुरु भएको प्रतियोगितालाइ सम्बोधन गर्दै नगर प्रमुख थोप्राले खेलकुदले मानिसलाई स्वास्थ्य राख्न र लागु औषध दुर्ब्यसनीबाट पनि टाडा राख्ने भएकोले खेलकुद अपरिहार्य रहेको बताए । उनले खेलाडी उत्पादनको लागी खेल मैदानको पनि अति आवश्यक रहने भएकोले दुधेमा निर्माणाधीन सुविधा सम्पन्न रंगशालालाई आगमी असोज मसान्त सम्म सम्पन्न गर्नको लागी आवश्यक बजेट विनियोजित गरिसकेको र काम धमाधम भैरहेको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङ, प्रमुख प्रशासकिय अधिकृत सुनिता तुम्बाहाम्फे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा शिवसताक्षी ८ वडाअध्यक्ष सन्तकुमार फेवदिन, शिवसताक्षी ४ वडाअध्यक्ष विष्णु प्रसाई, शिवसताक्षी ११ वडाअध्यक्ष बहादुर आङ्बो, नेकपा एमालेका नगर अध्यक्ष मेदानी दंगाल, नेकपा मओवादी केन्द्रका नगर अध्यक्ष दुर्गा नेम्बाङ, सतासीधाम जेसिजबर्ष २०२५ का अध्यक्ष पदम जंग कुंवर, किराँत राई यायोक्खा शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङालुङ राई, किराँत याक्थुम चुम्लुङ नगर अध्यक्ष विरबल जबेगु सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी साकेला सिली, च्याब्रुङ नाच लगायत प्रस्तुत गरिएको थियो ।
यसैगरी झिलझिले माविका राष्ट्रिय सेवा दलका विधार्थी र सेभेन सिज माविका विधार्थीहरुले मार्च पास गरेका थिए ।