गोविन ल्वागुन, शिवसताक्षी । शिवसताक्षी मेयर कप २०८१ को उद्घाटन खेलमा वडा नम्बर ४ विजयी भएको छ । वडा नम्बर ४ ले वडा ५लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको १७औं मिनेटमा वडा ४ का श्याम खत्रीले गोल गर्दै टिमलाइ अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको वडा ४ ले दोस्रो हाफको पहिलो मिनेटमा श्यामकै गोलबाट अग्रता बढायो ।
वडा ५ को लागि खेलको २४औं मिनेटमा विनोद दर्जीले गोल गर्दै अग्रता घटाए पनि जितको लागि पर्याप्त हुन भने सकेन । खेलको म्यानअफ द म्याच विजेता टिमका श्याम खत्री घोषित भए ।
शुक्रबार हुने फुटबल तर्फको पहिलो खेल वडा ८ र ९ बिच हुने छ भने दोस्रो खेल वडा ६ र ११ बिच हुनेछ ।
मेयर कप २०८१ को विजेताले क्रमश: फुटबल तर्फ पहिलो ५५ हजार रुपैयाँ र दोस्रो ४१ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्तगर्ने छन् ।
भलिबल र क्रिकेट तर्फको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाउनेछन् ।
यसैगरी एथ्लेटिक्स, ब्याडमिन्टन र कराँतेलाइ समग्र ५० हजारका दरले रकम छुट्याएको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए ।
व्यक्तिगत विधामा फुटबल तर्फ प्लेयर अफ द टुनामेन्ट ११ हजार, राइजिङ स्टार छ हजार ५ सय, हाइ स्कोर सात हजार ५ सय र बेष्ट गोलकिपर, बेष्ट फरवार्ड, बेष्ट मिडफिल्डर, र बेष्ट डिफेन्सले पाँच हजार ५ सयका दरले पाउनेछन् ।
क्रिकेट तर्फ प्लेयर अफ दी सिरिज छ हजार, राइजिङ प्लेयर चार हजार, साथै हाइएस रन, बेष्ट विकेट किपर, बेष्ट फिल्डिङ, बेष्ट बलर, बेष्ट ब्याट्स म्यान तीन हजार ५ सय रहेको छ ।
यसका साथै भलिबल तर्फ प्लेयर अफ द टुर्नामेण्ट छ हजार, राइजिङ प्लेयर चार हजार ५ सय, बेष्ट ब्लकर, बेष्ट लिबेरो, बेस्ट स्पाइकर, बेष्ट सेटरले तीन हजार ५ सयका दरले प्राप्त गर्नेछन् ।