adv

राम नवमी कप २०८१- भेट्रान खेलमा मिक्लाजुङ विजयी

फाकफोकथुम । प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को भेट्रान तर्फ मिक्लाजुङ गाउँपालिका पाँचथर विजयी भएको छ ।

बिहीबार फाकफोकथुम ५ नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको खेलमा फाकफोकथुम गाउँपालिकालाई ७–० गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको छ ।

मिक्लाजुङको जितमा प्रदिप राई नायक बने । उनले हाट्रिक गरे । मिक्लाजुङको लागि धरेन्द्र लावतीले दुई गर्दा भविन्द्र लावतीको नाममा एक गोल रह्यो । एक गोल भने मिक्लाजुङले उपहार स्वरुप पाएको थियो ।

शुक्रबार माङसेबुङ गाउँपालिका इलामले दमक झापासँग खेल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु