चैत २२, माङसेबुङ । प्रथम तरुण दल गोल्ड कप २०८१ को उपाधिको लागि चुलाचुली एफसि इलाम र मान्द्रे एफसि माङसेबुङ बिचभिडन्त हुने भएको छ ।
माङसेबुङ–३ चतुरेमा बजारमा रहेको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा चुलाचुलीले माङसेबुङ ४ लाई १–० गोल अन्तरले हराउदै फाइनल प्रवेश गरेको हो ।
त्यसैगरी दोस्रो खेलमा मान्द्रेले नेपाल तरुण दल देउमाई नगरपालिकालाई शुन्यका विरुद्ध एक गोल गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको सम्पूर्ण फाइनल खेलहरु २३ गते शनिबार सम्पन्न हुनेछ । भेट्रान तर्फ भने मिक्लाजुङ गाउँपालिका र आयोजक बिच फाइनल खेल हुनेछ ।
चैत १८ देखि २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
व्यक्तिगत विधातर्फ भने म्यान अफ द म्याच सहित प्लेयर अफ द टुर्नामेन्ट, हाइ स्कोरर, उत्कृष्ट गोल किपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्सले आकर्षक पुरस्कार पाउेछन् ।


