गोविन ल्वागुन, शिवसताक्षी । शिवसताक्षी मेयर कप २०८१ को दोस्रो दिन फुटबल तर्फको खेलमा वडा नम्बर ८ र ११ विजयी भएको छ।
शुक्रबार भएको पहिलो खेलमा वडा नम्बर ८ ले वडा ९ लाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरण गरेको हो ।खेलको २४औं मिनेटमा वडा ४ का सुदिप मगरले गोल गर्दै टिमलाइ अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको वडा ८ ले दोस्रो हाफमा खेलको ५४औं मिनेटमा सोहन थापाको गोलबाट अग्रता बढायो । ५८औं मिनेटमा मनिस मगरले गोल गर्दै जित पक्का गरे ।
खेलको म्यान अफ द म्याच विजेता टिमका सोहन थापा घोषित भए । उनले नगद दई हजार १ सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबार नै भएको दोस्रो खेलमा ११ ले ६ लाई शून्यका विरुद्ध तीन गोल गर्दै दोस्रो चरण पुग्यो । वडा ११ को जितमा देव मल्लिकले खेलको ५औं, २३औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी खेलको म्यान अफ द म्याच चुनिए ।
शनिबार हुने फुटबल तर्फको पहिलो खेल वडा २ र ३ बिच हुने छ भने दोस्रो खेल वडा १ र १० बिच हुनेछ ।
भलिबल तर्फको खेलमा वडा नम्बर ९,२ र ११ विजयी भएको छ । शुक्रबार भएको पहिलो खेलमा वडा नम्बर ९ ले वडा ५ लाई २–० को सोझो सेटमा पराजित गर्दै जित निकालेको हो । दोस्रो खेलामा वडा २ ले १० लाई २–० को सोझो सेटमै पराजित गर्यो । त्यसैगरी तेस्रो खेलमा वडा १ ले ६ लाई २–१ को सेटमा हराउदै जित दर्ता गर्यो ।
खेलको म्यान अफ द म्याच क्रमशः अविनाश तामाङ, फणिन्द्र निरौला र सुजन राई घोषित भए ।
क्रिकेट तर्फ वडा ५ ले ७ लाई ५९ रनले पराजित गरेको छ भने वडा ९ ले १ माथि २०२ रनको पराकिलो जित दर्ता गर्यो । खेलको म्यान अफ द म्याच क्रमशः सुरज योङहाङ र सौगात रिजाल चुनिए ।
मेयर कप २०८१ को विजेताले क्रमश: फुटबल तर्फ पहिलो ५५ हजार रुपैयाँ र दोस्रो ४१ हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भलिबल र क्रिकेट तर्फको विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाउनेछन् ।
यसैगरी एथ्लेटिक्स, ब्याडमिन्टन र कराँतेलाइ समग्र ५० हजारका दरले रकम छुट्याएको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए ।
व्यक्तिगत विधामा फुटबल तर्फ प्लेयर अफ द टुनामेन्ट ११ हजार, राइजिङ स्टार छ हजार ५ सय, हाइ स्कोर सात हजार ५ सय र बेष्ट गोलकिपर, बेष्ट फरवार्ड, बेष्ट मिडफिल्डर, र बेष्ट डिफेन्सले पाँच हजार ५ सयका दरले पाउनेछन् ।
क्रिकेट तर्फ प्लेयर अफ दी सिरिज छ हजार, राइजिङ प्लेयर चार हजार, साथै हाइएस रन, बेष्ट विकेट किपर, बेष्ट फिल्डिङ, बेष्ट बलर, बेष्ट ब्याट्स म्यान तीन हजार ५ सय रहेको छ ।
यसका साथै भलिबल तर्फ प्लेयर अफ द टुर्नामेण्ट छ हजार, राइजिङ प्लेयर चार हजार ५ सय, बेष्ट ब्लकर,
बेष्ट लिबेरो, बेस्ट स्पाइकर, बेष्ट सेटरले तीन हजार ५ सयका दरले प्राप्त गर्नेछन् ।




