adv

राम नवमी कप २०८१- तुम्बेवा च्याम्पियन

चैत २३, फाकफोकथुम प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को तुम्बेवा गाउँपालिका पाँचथर च्याम्पियन भएको

 

शनिबार फाकफोकथुम नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको फाइनल खेलमा एपिओ इलाका प्रहरी रवि पाँचथरलाई गोल अन्तरले हराउदै तुम्बेवा च्याम्पियन बनेको हो

तुम्बेवाले पहिलो हाफको २२औं मिनेटमा सरोज राईको गोलबाट अग्रता लिएको थियो दोस्रो हाफको १७औं मिनेटमा सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो आक्रामक खेल खेलेको तुमबेवाको लागि खेलको अन्तिम समयमा समिर लिम्बूले गोलगर्दै टिमको लागि फराकिलो जित निकाले

 

फाइनल खेलको म्यान अफ म्याच तुम्बेवाका सरोज राई घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल किपर एपिओका वाल्मिकि राई घोषित भए भने उत्कृष्ट डिफेन्स एपिओकै सबिन राई भए हाईस्कोरको उपाधि भने तुम्बेवाका निसान राईले पाए

प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ सहित ट्रफि प्राप्त गरेका छन् भने उपविजेताले एक लाख रुपैयाँ सहित ट्रफिमा चित्त बुझाए

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि इलाम जिसस प्रमुख जय प्रकाश राई सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ सहित आयोजक समितिका अध्यक्ष प्रविण राई लगायतले पुरस्कार वितरण गरेका थिए

प्रतियोगिताको चैत १९ गतेबाट २३ गते सम्म सञ्चालन भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु