चैत २३, माङसेबुङ । प्रथम तरुण दल गोल्ड कप २०८१ को उपाधि चुलाचुली एफसि इलामले जितेको छ ।
माङसेबुङ–३ चतुरेमा बजारमा रहेको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा चुलाचुलीले मान्द्रे एफसि माङसेबुङलाई ३–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो ।
प्रतियोगिताको भेट्रान तर्फ भने मिक्लाजुङ गाउँपालिका विजयी भएको छ । आयोजक माङसेबुङलाई २ का विरुद्ध ३ गोल गर्दै मिक्लाजुङले उपाधि जितेको हो ।
चैत १८ देखि २३ गते सम्म सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।




