शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को फुटबल तर्फको खेलमा वडा सात फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा वडा दुईलाई शून्यका बिरुद्ध १ गोलले पराजित गरे सँगै उपाधि भिडन्त पक्का गरेको हो ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा भएको खेलमा वडा सातले खेलको १८औं मिनेटमा आयुस भट्टराईको पासमा विशाल पौडेलले गोल गर्दै टिमलाई जित दिलाए । खेलमा विजेता टिमका अनुज माझी म्यान अफ दि म्याच घोषित भए ।
मंगलबार बराबरी खेलेसँगै वडा सात र दुईको खेल सारिएको थियो । उपाधिको लागि वडा सातले दशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँ र उपविजेताले नगद ४१ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुनामेन्ट ११ हजार, राइजिङ स्टार छ हजार ५ सय, हाइ स्कोर सात हजार ५ सय र बेष्ट गोलकिपर, बेष्ट फरवार्ड, बेष्ट मिडफिल्डर लगायत बेष्ट डिफेन्सले पाँच हजार ५ सयका दरले पाउने छन् ।
चैत २१ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल चैत २८ गते बिहीबार हुनेछ । प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभा सदस्य एलपि सावाँ लिम्बु प्रमुख अतिथिको रुपमा सहभागी हुने नगर खेलकुद समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए।



