झिलझिले । शिवसताक्षी मेयर कप २०८१ को कराँते विधा तर्फ वडा ८ ले १० वटा गोल्ड मेडल जित्दै प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगिताको दोस्रो स्थानमा ५ वटा गोल्ड सहित वडा १० रहन सफल भयो भने २ वटा गोल्ड सहित वडा ११ तेस्रो स्थान ओगट्न सफल भएको कराँते विधाका खेल संयोजक दुर्गा उप्रेतीले जानकारी दिए ।
त्यसैगरी वडा ८ का निवस लिम्बु बेस्ट फाइटर पुरुष घोषित हुँदा वडा ११ का जोसना कार्की बेस्ट फाइटर महिला घोषित भइन् ।उदीयमान खेलाडी पुरुष तर्फ वडा १० का आदित्य दर्नाल भए भने महिला तर्फ वडा ९ की प्रकृति तामाङ भइन् ।