काठमाडौं । तेस्रो नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी फुटबल क्लबले जितेको छ । ललितपुर दोस्रो संस्करणको समेत विजेता रहेको थियो ।
शनिबार भएको फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले खेलको ४२औं मिनटमा इमोह इजिकेलको गोलबाट अग्रता बनायो । पहिलो हाफमा एक गोलले पछि परेको पोखरा दोस्रो हाफको ६४औं मिनेटमा सुदिल राईलको गोलबाट खेलमा फर्कियो ।
प्रतिस्पर्धात्मक खेलको ७४औं मिनेटमा पापा केबेले ललितपुरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै जित पक्का गरे ।
विजेता ललितपुरले लिग उपाधिसहित ८० लाख हात पारेको छ भने उपविजेता पोखराले भने ३० लाखमा चित्त बुझाए ।


