मिक्लाजुङ । पाँचथरको रविमा दोस्रो आमन्त्रित मिक्लाजुङ भेट्रान कप २०८२ हुने भएको छ ।
मिक्लाजुङ गाउँपालिका ४ स्थित रवि बजारमा रहेको खेल मैदानमा हुने प्रतियोगिता वैशाख २० र २१ गते दुई दिन सञ्चालन हुनेछ ।
मिक्लाजुङ भेट्रान्स क्लबको आयोजनामा आयोजित प्रतियोगितामा पाँचथरका ४ टिम सहित इलाम र झापाको १/१ टिमको सहभागिता रहने खेल संयोजक छत्रहाङ लावतीले जानकारी दिए ।
फाल्गुनन्द भेट्रान क्लब पाँचथर र आयोजकबीच हुने उद्घाटन खेलको विजेताले फाइनल प्रवेशको लागि बौद्ध भेट्रान क्लब पाँचथरसँग खेल्ने छ । यसैगरी माङसेबुङ भेट्रान इलाम र फिदिम भेट्रान पाँचथरबीचको विजेताले दमक भेट्रान क्लब झापासँग खेल्नेछ । दमक पहिलो संस्करणको विजेता समेत रहेको छ ।
सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हरप्रहर न्यूज डट कमबाट हुनेछ ।