adv

तेस्रो माइजोगमाई अध्यक्ष कपमा उपाधिका लागि देउमाई र माङसेबुङ भिड्दै

माइजोगमाई तेस्रो माइजोगमाई अध्यक्ष कपको फाइनलमा देउमाई नगरपालिका माङसेबुङ गाउँपालिकाबिच उपाधि भिडन्त हुने भएको

मंगलबार सम्पन्न दोस्रो सेमि फाइनल खेलमा आयोजकलाई गोल अन्तरले पराजित गर्दै देउमाई फाइनल प्रवेश गरेको हो

पहिलो हाफको १०औं मिनेटमा हेम राईले गोल गर्दै देउमाईलाई अग्रता दिलाएका थिए पहिलो हाफमा एक गोलको अग्रता बनाएको देउमाईले दोस्रो हाफको ९औं  मिनेटमा मुकेश मगर १४औं मिनेटमा किरण मगरको गोलबाट अग्रता बढाए

आयोजक माइजोगमाईका लागि इन्जुरी समयमा जुयल राईले सान्त्वना गोल फर्काए

इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिताको फाइनल वैशाख ३१ मा हुनेछ पहिलो सेमिफाइनल खेलमा माईनगरपालिकालाई गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाइनल पुगेको थियो

माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा भएको प्रतियोगिताकोविजेता टिमले नगद लाख हजार सय ११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ  उपविजेताले नगद लाख ३१ हजार सय ११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र पाउनेछन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु