adv

माङ्सेबुङले जित्यो तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि

माइजोगमाई माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको  

 

बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो

निर्धारित समय गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण मगरको गोलबाट खेलमा फर्कियो । बाँकी समयमा दुवै टोलीबाट कुनै पनि गोल हुन नसक्दा खेल टाइब्रेकर तर्फ धकिलिएको थियो । 

टाइब्रेकरमा माङसेबुङका संगिन लिम्बू, आशाङ लिम्बू, प्रविन राई र मनोज लिम्बूले गोल गर्दा देउमाईको तर्फबाट दर्शन मुखिया मात्र गोल गर्न सफल भयो । देउमाईका किरण मगरको प्रहार गोल पोष्टमा लागेर बाहिरिएको थियो भने आदर्श गुरुङको प्रहार माङसेबुङका गोल रक्षक आयुष लिम्बूले बिफल तुल्याएका थिए ।

आयुष प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बने । अन्य व्यक्तिगत विधातर्फ माङसेबुङका मनोज लिम्बू उत्कृष्ट डिफेन्स, संगिन लिम्बू उत्कृष्ट मिडफिल्डर र प्रविन राई सर्वोकृष्ट खेलाडी घोषित भए । सर्वाधिक गोलकर्ताको उपाधि देउमाईका मुकेश मगरले पाए ।

विजेता बनेसँगै माङसेबुङले नगद लाख हजार सय ११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देउमाईले नगद लाख ३१ हजार सय ११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्रमा चित्त बुझायो

इलामका १० वटै स्थानीय तह सहभागी प्रतियोगिता माइजोगमाई गाउँपालिकाको पूर्ण आर्थिक सहयोग तथा माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा सम्पन्न भएको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु