दमक । झापाको दमकमा जारी दोस्रो भिसि ब्रदर्स सेमि भेट्रान्स फुटसल प्रतियोगिता २०८२ को सेमिफाइनल समिकरण पुरा भएको छ ।
शनिबार दिउसो २:०० बजे हुने पहिलो सेमिफाइनल खेल ब्याड एफसि र थर्टिङ गाइज बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल २:४० माब्रिगेड ब्याइज र आयोजक भिसि ब्रोदर्श बिच हुनेछ । ब्रिगेड ब्वाइज पहिलो संस्करणको विजेता रहेको छ । फाइनल खेल ३:३० बजे सुरु हुने आयोजक समितिले जानकारी दिएका छन् ।
दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा जेठ २ र ३ गते दुइ दिन सञ्चालित प्रतियोगिताको पहिलो दिन १३ वटा खेलहरु भएको थियो ।
प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ र उपविजेताले नगद ३० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र हाई स्कोररको उपाधि रहेको छ ।