adv

भानु माविका विपन्न विधार्थीहरुलाई निशुल्क पाठ्य पुस्तक वितरण

पाराबारी झापाको शिवसताक्षी मा रहेको भानु माध्यमिक विधालयका विपन्न विधार्थीहरुलाई निशुल्क पाठ्य पुस्तक वितरण गरिएको

सोमबार एक कार्यक्रमको आयोजना गरि अंग्रेजी माध्यममा अध्ययन गर्ने कक्षा देखि सम्मका २१ जना विधार्थीहरुलाई पुस्तकको सेट कक्षा का ४१ जना विधार्थीहरुलाई कम्प्युटर विषयको पुस्तक वितरण गरेको हो

करिब ३३ हजार मुल्य बराबरको सामग्री वितरणमा आर्थिक सहयोग गरेका स्थानीय समाजसेवी तथा व्यवसायी मचिन्द्र शेर्मा भन्छन्सामुदायिक विधालयमा विपन्न परिवारका बालबालिकाहरु अध्ययन गर्ने भएकोले पाठ्यपुस्तक अभाव कै कारण कोही पनि पढाईबाट बञ्चित हुन नपरोस भनेर सहयोग गरेको हो उनले पूर्व विधार्थीको नाताले विधालयको शैक्षिक गुणस्तर सुधार भौतिक पुर्वधार विकासको लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्दै आएको निरन्तरता रहने समेत बताए

विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष रोहित कुमार बास्तोला, वडाअध्यक्ष  भाष्कर न्यौपाने लगायतले बोलेका थिए।

करिब सय विधार्थी रहेको यस विधालयमा हाल कक्षा सम्म अंग्रेजी माध्यममा पठनपाठन भैरहेको भने यहीँ शैक्षिकसत्रबाट कक्षा ११ मा शिक्षा संकायको पढाइ हुने प्रधानाध्यापक विजय चौधरीले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु