उर्लाबारी । मोरङको उर्लाबारीमा नि:शुल्क एक दिने आँखा शिविर सम्पन्न भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय उर्लाबारी र मोरङ जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसन को आयोजनामा जेठ १८ गते आइतबार शिविर सञ्चालन भएको थियो ।
शिविर उर्लाबारी नगरपालिका वडा ७ र थ्री जिरो क्लब उर्लाबारीको सहकार्यमा भएको थियो भने रुइट फाउण्डेसन सहयोगी संस्थाका रुपमा रहेका थिए ।
शिविरमा १६० जना सेवाग्राहीले आँखा जाँच गरेका थिए । जस अन्तर्गत संस्थामा आबद्ध सदस्य, गैह्र सदस्य, वृद्ध बुवाआमा, विद्यार्थीहरू लगायतले सेवा लिएका थिए ।
जसमध्ये ११ जनाको मोतिया बिन्दु शल्यक्रिया गर्नुपर्ने भएकोले उनिहरुलाई रामलाल गोल्छा आँखा अस्पताल विराटनगरमा निःशुल्क शल्यक्रियाको लागि पठाइएको साथै अन्य सेवाग्राहीहरुलाई आवश्यक सल्लाह, सुझाव परामर्श दिइ आवश्यक औषधि वितरण गरिएको संस्थाका कर्मचारी युगल श्रेष्ठले जानकारी दिए ।



