adv

दमकमा प्रथम पूर्वेली युथ फुटसल प्रतियोगिता हुँदै

दमक झापाको दमकमा प्रथम पूर्वेली युथ फुटसल प्रतियोगिता हुने भएको पूर्वेली युथको आयोजनामा हुने प्रतियोगिता दुर्व्यसनबाट टाढा रहौं, खेलमार्फत भविष्य उज्यालो बनाऔंभन्ने मूल नारा सहित यही जेठ गते दुई दिन सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए

दमक भाङबारीमा रहेको स्प एनी फुटसल कोर्टमा हुने प्रतियोगिता युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध तथा सामाजिक विकृति विसंगतिबाट टाढा राख्ने उद्देश्य सहित आयोजना हुन लागेको अध्यक्ष दिक्षान्त राईले जानकारी दिए प्रतियोगितामार्फत युवामा अनुशासन, सकारात्मक सोच तथा खेल संस्कृतिको विकास गर्ने लक्ष्य राखिएको साथै खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माणतर्फ प्रेरित गर्ने उद्देश्यसमेत रहेको

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजारसहित मेडल, ट्रफी प्रमाणपत्र पाउनेछ

विधागत पुरस्कार तर्फ म्यान अफ टुर्नामेन्ट, बेस्ट गोलकिपर, हाई स्कोरर तथा उदयिमान खेलाडी रहेका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु