दमक । झापाको दमकमा जारी प्रथम पूर्वेली युथ फुटसल प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनल सहित सेमिफाइनल र फाइनलखेलहरु हुने भएको छ । पूर्वेली युथको आयोजनामा सञ्चालित प्रतियोगिता ‘दुर्व्यासनबाट टाढा रहौं, खेलमार्फत भविष्य उज्यालो बनाऔं‘ भन्ने मूल नारा सहित यही जेठ ४ र ५ गते दुई दिन सञ्चालन हुनेछ ।

पहिलो क्वाटरफाइनलको पहिलो खेल फ्यूचर ब्राइड बिटिएम र एमपिसि ए बिच हुनेछ भने दोस्रो खेल मिर्मिरे एफसिले रणभूमि एफसिसँग खेल्नेछ ।
त्यसैगरी अर्को खेलमा एमपिसि बी र लक्ष्मीधाप बी ले प्रतिस्पर्धा गर्नेछ । दमक १ भाङबारीमा रहेको स्प एनी फुटसल कोर्टमा भइरहेको प्रतियोगिताको मिक्लाजुङ ५ र आयोजक पूर्वेली युथ बिचको प्रिक्वाटरको खेल भने बाकीँ रहेको आयोजक समितिले जानकारी दिए । विजेताले टिम ६९ सँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन् ।

युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध तथा सामाजिक विकृति विसंगतिबाट टाढा राख्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिक्षान्त राईले जानकारी दिए । प्रतियोगिता मार्फत युवामा अनुशासन, सकारात्मक सोच तथा खेल संस्कृतिको विकासगर्ने लक्ष्य राखिएको छ । साथै खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, सभ्य र जिम्मेवार समाज निर्माणतर्फ प्रेरित गर्ने उद्देश्यसमेत रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।
विधागत पुरस्कार तर्फ म्यान अफ द टुर्नामेन्ट, बेस्ट गोलकिपर, हाई स्कोरर तथा उदयिमान खेलाडी रहेका छन् ।


