adv

टिम सिक्स्टीनाइन बन्यो प्रथम पूर्वेली युथ फुटसल प्रतियोगिताको च्याम्पियन

दमक झापाको दमकमा सम्पन्न प्रथम पूर्वेली युथ फुटसल प्रतियोगिताको च्याम्पियन टिम सिक्स्टीनाइन दमक बनेको

मंगलबार दमक भाङबारी स्थित स्प एनी फुटसल कोर्टमा भएको फाइनल खेलमा एमपिसिलाई गोल अन्तर पराजित गर्दै सिक्स्टीनाइन विजयी बनेको हो

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो मिनेटमा नै विजय राईले गोल गर्दै सिक्स्टीनाइनलाई अग्रता दिलाएका थिए ७औं मिनेटमा गोलथप्दै लेलेन सुब्बाले टिमको अग्रता दोब्बर बनाए पहिलो हाफको १०औं मिनेटमा एपिसिका निमा तामाङले गोल गर्दै खेल को स्थितिमा पुर्याएका थिए

                              विजेता टिम

पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिक्स्टीनाइनले दोस्रो हाफको अन्तिम समयमा लेलेन सुब्बाको गोलबाट अग्रता दोब्बर बनायो रोमाञ्चक बनेको फाइनल खेलमा दुवै टोलीले पाएको अन्य अवसर सदुपयोग गर्न नसक्दा खेल को अन्तर सकियो

व्यक्तिगत विधातर्फ राइजिङ प्लेयर एमपिसिका प्रितम राई घोषित भए भने टिम सिक्स्टीनाइनका आर्यन श्रेष्ठ हाइ स्कोररसँगै प्लेयर अफ  टुर्नामेन्ट चुनिए यसैगरी विजेता टिमका अनुराग श्रेष्ठले वेष्ट गोलकिपरको उपाधि पाए

प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ सहित मेडल, ट्रफी प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले नगद १० हजारसहित मेडल, ट्रफी प्रमाणपत्रमा चित्त बुझायो

                             उपविजेता टिम

विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, अतिथिहरु समूहका सल्लाहकार नितेश सिङ्घक, समाजसेवी मनिषा एवाइ लगायतले पुरस्कार वितरण गरेका थिए

खेलकुदसँगै लागूऔषध सचेतना कार्यक्रम,सरसफाइ कार्यक्रमहरु गर्दै आइरहेको समूह पूर्वेली युथको आयोजनामा सञ्चालित प्रतियोगितादुर्व्यासनबाट टाढा रहौं, खेलमार्फत भविष्य उज्यालो बनाऔंभन्ने मूल नारा सहित यही जेठ गते दुई दिन सञ्चालन भएको थियो

युवालाई खेलकुदतर्फ आकर्षित गर्दै लागूऔषध तथा सामाजिक विकृति विसंगतिबाट टाढा राख्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिक्षान्त राईले जानकारी दिए प्रतियोगितामार्फत युवामा अनुशासन, सकारात्मक सोच तथा खेल संस्कृतिको विकासगर्ने लक्ष्य राखिएको साथै खेलकुदमार्फत युवाहरूलाई स्वस्थ, सभ्य जिम्मेवार समाज निर्माणतर्फ प्रेरित गर्ने उद्देश्यसमेत रहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु