adv

प्रदेश प्रमुख खापुङबाट पदभार ग्रहण

विराटगर, ३० कार्तिक ।


प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले सोमबार पदभार ग्रहण गरेका छन् ।

सोमबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा खापुङले पदभार ग्रहण गरेका हुन् । उनी सोमबार नै काठमाडौंबाट विराटनगर आइपुगेका थिए ।

प्रदेश प्रमुख खापुङलाई स्वागत गर्न मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश मन्त्रीहरु, प्रदेश सभा सदस्य र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु विराटनगर विमानस्थलमा पुगेका थिए ।

पदभार ग्रहणपश्चात सभामुख प्रदिपकुमार भण्डारी र उपभामुख सरस्वती पोखरेलले कार्यालयमा भेट गरी स्वागत गरेका थिए । सोमबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर १ ले आफ्नो ३१औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु