adv

आज मध्येरातबाट निर्वाचन आचार संहिता लागू हुँदै

दमक, २५ चैत्र ।

निर्वाचन आयोजनको कार्यालय ।

आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि आज (शुक्रबार) मध्येरातबाट आचार संहिता लागू हुँदैछ ।

निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा मतदातालाई प्रभावित पार्न सक्ने गलत राजनीतिक र आर्थिक लगायत अन्य गतिविधि रोक्न र निर्वाचन कार्यमा प्रतिकूल असर पार्न सक्ने कुनै पनि कार्य गर्न नदिन आचार संहिता तोक्ने गर्दछ ।

सरकार, राजनीतिक दललगायत निजी क्षेत्र, संवैधानिक निकाय, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी र मतदातासमेतलाई निर्वाचन आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सम्मुख रहेका राजनीतिक दलहरुले यसअघि नै आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

आयोगले शुक्रबार मध्येरातबाट लागू गरेको आचार संहिता मतदानको दिनसम्म कार्यान्वयनमा रहने जनाइएको छ ।

आचार संहिता लागू भएपछि –

के के गर्न पाइन्छ :

  • उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न पाइन्छ ।

  • आचारसंहिता लागु भएपछि कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।

  • निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

  • प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ ।

के के गर्न पाइँदैन :

  • कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन ।

  • स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पाइँदैन ।

  • योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन ।

  • कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

  • दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत बोक्न पाइँदैन ।

  • साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न पाइँदैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु